पोखरामा रेष्टुरेष्टका कुकलाई खाना बनाउने सीप बढाउन तालिम
पाेखरा | जेठ २७, २०८२
पोखरा: पोखरामा खाना बनाउने सीप बढाउन तालिम शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्बिटासको प्राविधि सहयोगमा तालिम शुरु भएको हो ।
पोखराको लेकसाइडमा रहेका विभिन्न रेष्टुरा तथा क्याफेमा कार्यरत ४० जना कुकहरु तालिममा सहभागी भएका छन् । उनीहरुलाई इन्डियन र कन्टिनेन्टल खाना बनाउने सीप स्तरोन्नति तालिम दिइने आयोजकले जानकारी दिएका छन् ।
तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई स्तरीय र स्वदिष्ट खाना पस्किन तालिम उपयोगी हुने बताए ।
तालिम लिन व्यक्ति, काम गर्न सस्था र देशकै लागि पनि तालिम प्राप्त व्यक्ति हुदाँ फाइदा पुग्ने बताए । उनले तालिम लिइ सकेपछि इमान्दारीता पनि देखाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले तालिमले अझ काममा अझ निखारता ल्याउने बताउदै तालिम पछि स्तरीय सेवा प्रदान गर्न लाग्नु पर्ने बताए ।
कार्यक्रममा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख विजय पौडेल, रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतम, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा सीप विकास एकाईका फोकल पर्सन सञ्जिब बहादुर कोइराला लगाएतले तालिमले खानाको गुणस्तरीयता बढाउने बताए ।
उनीहरुले विदेशमा थोरै जनशक्तीले पनि धेरै काम गर्ने प्रबृतिको उदाहरण दिदै तालिम पछि उनीहरु पनिले पनि राम्रो काम गर्न विश्वस व्यक्त गरे ।
तालिम पछि सहभागीले व्यावसायिक खाना पकाउने सक्ने छन् । तालिममा अनुभवी शेफ, दिपक शर्मा, बिजय पौडेल लगाएतले इन्डियन परिकारजस्तै बटर चिकन, बिर्यानी, पनीर टिक्का लगायत र कन्टिनेन्टल परिकारहरु पास्ता, सिज्लर, स्टेक आदि बनाउने सीप स्तरोन्नति गर्न सक्ने बताउने छन् ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

